काठमाडौं १३ चैत । नेपाली कांग्रेसको आज बसेको केन्द्रिय कार्यसमितिको बैठकमा आवश्यकता अनुसार आगामी चुनावमा गठवन्धन गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेताहरुले आवश्यताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताएका हुन् ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले दिएको जानकारी भोली बस्ने बैठकमा सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्ने जनाएका छन् ।
गठवन्धनको विषयमा भोली सम्म निणर्य हुने उनले बताएका छन् ।