काठमाडौं १३ चैत । नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले आगामी निर्वाचनमा गठवन्धन गर्नुपर्ने बताएकी छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चार माध्यमहरुसँग बोल्दै नेत्री कोइराला गठवन्धनको पक्षमा उभिएकी हुन् ।
गठवन्धनका कारण कांग्रेसले प्रधानमन्त्री तथा केही प्रदेशमा मुख्यमन्त्री पाएको बताएकी उनले भनिन्, ‘जुन ठाउँमा बलियो छौँ, एक्लै लड्ने । जुन ठाउँमा कमजोर छौँ, गठबन्धन गरेर जानुपर्छ’।
निर्वाचनको समयमा गुट–उपगुटको कुरा गर्न नहुने भनेकी उनले गठबन्धन गरेर जाँदा कांग्रेसलाई फाइदा हुने स्पष्ट पारेकी छन् ।
जनताको बीचमा पपुलर भएपनि गुट–उपगुटका कारणले सधैँ हार्ने बताएकी उनले भनिन्,’कांग्रेस आईजस्तो बन्छ भन्ने निराश हुने कुरा नगरिदिनुहोला । यो त्यसरी विलय हुँदैन । ‘