काठमाडौं १३ चैत । नेकपा एकीकृत समाजवादीकी नेत्रृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले गठबन्धनको मोर्चा रहेको बताएकी छन् ।
आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले यो गठबन्धनको मोर्चालाई मुलुकको सुशानका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवद्धनको लागि प्रयोग गर्नुपर्ने बताएकी हुन् ।
गठबन्धन कतातर्फ जाने भन्ने कुरा गठबन्धनकै सहयात्री दलहरुको निर्णयमा भर पर्ने बताएकी उनले गठबन्धनको मोर्चालाई मुलुकको सुशानका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।