काठमाडौं १३ चैत । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक जारी रहेको छ । आज आइतबार पार्टी कार्यालय सानेपामा दोस्रो दिनको बैठक सुरु भएको हो ।
बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफु गएको जिल्लाको विषयमा जानकारी दिने भएका छन् । हरेक केन्द्रिय सदस्यलाई आफ्नो विचार राख्न पाँच मिनेतको समय दिइएको छ ।
यस अघि बसेको बैठकमा २७ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राखेका थिए । स्थानीय तह निर्वाचनको लागि कांग्रेसले घर घर जाउँ कांग्रेस जिताऔं अभियान ने सञ्चालन गरेको छ ।