काठमाडौं १३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँडबिच भेटवार्ता भएको छ ।
आइतबार अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खाँड प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटमा स्थानीय तह निर्वाचनको विषयमा तथा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।
गठवन्धन बिच निर्वाचनमा तालमेल गर्ने या नगर्ने सिवषयमा छलफल चलिरहेको अवस्थामा गृहमन्त्री खाँड र प्रचण्डबिच आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा भने निर्वाचनमा गठवन्धन गरेर जाने पक्षमा देखिएका छन् ।