काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए १ हजार २२६ कोरोना संक्रमित — OSNepal

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए १ हजार २२६ कोरोना संक्रमित

LC (KTM) June 08, 2021 0

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् ।

हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४।७ प्रतिशत पुगेको छ । कोभिड–१९ को संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्याकोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । त्यस्तै आज संक्रमित मध्य पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २२६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य काठमाडौँमा ८३६ जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर