काठमाडौं १२ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको नेकपा एमालेलाई गुटको संज्ञा दिएका छन् ।
नेता खनालले एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको जानकारी गराएका उनले अहिले एमाले सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट मात्र भएको बताएका हुन् ।
शनिबार काठमाडौंमा नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
ओलीको गुटमा पनि आफुहरुले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु रहेको जिकिर गरेका उनले सबै भ्रममुक्त भएर आउनुपर्ने बताएका छन् ।
आफुहरुले बनाएको एमालेले नेकपा एकतासँगै विघटन भइसकेको बताएका उनले ओली नेतृत्वको एमालेले उत्प्रेषणको आदेशबाट बनेको गुट मात्रै भएको दावी गरेका हुन् ।
‘त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो । ‘, उनले अघि भनेका छन्, ‘यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो ।’