काठमाडौं १२ चैत । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारले बनाएका निति नियम प्रति दुख व्यक्त गरेका छन् । सिंगो देशका युवाहरु विदेश पलायन हुँदा पनि यो विषय भोटसँग जोडिएको छ भन्ने आफुहरुले बारम्बार बिर्सिएको बताएका छन् ।
उनले भनेका छन्, यदि अमेरिका, अस्ट्रेलिया या खाडीका जस्ता विकशित राष्ट्रले अलिकति भिसा खुकुलो गरिदिए अपवादबाहेक सिङ्गो पुस्ताले देश छोडेर जाने र, सकिन्छ भने, आफ्ना आमा-बुबालाई पनि लैजाने थियो।
‘हामीले यस्तो देश बनायौँ कि , यो स्थिति हामीले हाल्ने भोटसँग जोडिएको छ भन्ने हामी बारम्बार बिर्सन्छौँ।’ उनले अघि भनेका छन् ,
नेता मिश्रले लेखेका छन्, हामीले यस्तो देश बनायौँ कि, यदि अमेरिका, अस्ट्रेलिया या खाडीका जस्ता विकशित राष्ट्रले अलिकति भिसा खुकुलो गरिदिए अपवादबाहेक सिङ्गो पुस्ताले देश छोडेर जाने र, सकिन्छ भने, आफ्ना आमा-बुबालाई पनि लैजाने थियो। यो स्थिति हामीले हाल्ने भोटसँग जोडिएको छ भन्ने हामी बारम्बार बिर्सन्छौँ।