काठमाडौं १२ चैत । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले आज शनिबार हाइकिङ गर्ने भएका छन् । अन्य देश जाँदा हाइकिङ नगर्ने वाङ यी नेपाल आउँदा भने हाइकिङ गर्न छुटाउँदैनन् ।
यस अघि पहिलो पटक नेपाल आउँदा उनले नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रो पटक उनको नजरमा हाइकिङको लागि शिवरपुरी परेको छ ।
हाइकिङ जाने कार्यक्रम तय भएपनि हाइकिङमा कति समय बिताउँछन् भन्ने जानकारी भने गराइएको छैन ।
साथै, नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादु र देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली लगायतका शिर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।