काठमाडौं ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले गठवन्धनको विषयमा आफ्नै दलहरु बिच तर्क विर्तक भइरहँदा एकलै चुनाव लडेर देखाउन आफ्नै नेताहरुलाई चुनौती दिएका छन् । शुक्रवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सभापति समेत रहेका देउवाले एक्लै चुनाव लड्न नसक्ने बताएका हुन् ।
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनमा गठवन्धन विना कांग्रेसले चुनाव जित्न नसक्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले गठवन्धनमा अपवित्र स्वार्थ मिसिएकाले गठवन्धन नहुने भन्दै माओावादी आफ्नो गल्ती स्वीकार गरे मात्र चितवनमा गठवन्धनको विषयमा छलफल हुन सक्ने बताएका छन् ।
ओलीको आतंक यति चाँडै बिर्सने,गठबन्धन बिना चुनाव जितेर देखाउनु। जितेन भने मैले जान्या छु। जितेन भने के गर्नु हुन्छ ?’ आक्रोश हुँदै देउवाले भने ।
यता , पाँच प्रदेशका सभापतिले पनि गठवन्धन गर्न नहुने बताएको विषय प्रति आक्रोश पोखेका देउवाले चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन। जहिले हारेको हारेको छ। कहिले जित्दा पनि जित्दैन भनेका छन् ।