काठमाडौं ११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले गठवन्धनमा अपवित्र स्वार्थ मिसिएकाले गठवन्धन गर्न नहुने बताएका छन् । आज शुक्रबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो बताएका हुन् ।
कति कतै गठबन्धन गर्नुपर्ने भए जिल्ला र स्थानीय तहका कमिटीहरुलाई नै निर्णय गर्न दिनुपर्ने बताएका उनले भनेका छन् , नेकपा फुटेको छ, एमाले फुटेको छ । यतिखेल पनि सिंगल लडेनौं भने कहिले लड्ने ? त्यसैले सिंगल लड्नुपर्छ’ ।
यदि चितवन्मा गठवन्धन हुन्छ भने माओववादीले पहिला आफुले कांग्रेसलाई धोका दिएर एमालेलाई भोट हालेको गल्ती स्वीकार गर्नु पर्ने अब सहकार्य सुरु गरौं भने मात्र यस विषयमा सहकार्य हुने नेता कोइरालाले बताएका छन् ।
‘चितवनमा गठबन्धन हुन्छ भने २०७४ मा कांग्रेसलाई धोका दिएर गल्ती गर्यौं , अब सहकार्य सुरु गरौं भन्यो भने छलफल हुन्छ, नभए हुँदैन ।’ उनले भने ।