काठमाडौं ११ चैत । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा . बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ४०र५० वर्षदेखि उस्तै समस्या रहेको बताएका छन् ।
आज शुक्रबारबाट सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा.भट्टराईले नेपाली अर्थतन्त्रमा समस्या छ भन्ने तथ्यांकले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताएका हुन् ।
नेपाली अर्थतन्त्रलाई नेपाल भन्दा कमजोर राष्ट्रले पनि पछाडि पार्दै गएको भन्दै उनले भुटान र बंगलादेशको उदाहरण दिएका छन् ।
धेरै पहिलेदेखि आफुहरुले तथ्यांक हेरिरहेको र तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन भन्दै उनले भने, ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेरमात्रै बस्नु भएन ।’
अर्थतन्त्रका कारण नेपाली युवाहरु विदेशी पलायन भएको बताएका उनले भविष्यमा नेपालमा बुढापाकामात्रै बस्ने दिन आउन सक्ने बताएका छन् ,