काठमाडौं ११ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार भएको देखेर वैरीहरु आत्तिएका बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालदे यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टीको विस्तार देखेर वैरीहरु आत्तिएका छन् । आत्तिएर उनीहरूले मानसिक सन्तुलन गुमाउन थालेका छन्’ । उनले अघि भने , ‘अब मान्छेको मानसिक सन्तुलन गुम्छ त्यसपछि ऊ बरबराउन थाल्छ र बरबराउने बेलामा के बोले होस् हुँदै’न तर यसबाट आत्तिन भने नहुने बताएका छन् ।
पार्टी निमार्ण भएको ६ महिनामा यत्रो आकार कुनै पनि पार्टीले लिन नसक्ने दावी गरेका उनले नेकपा एमाले परित्याग गर्ने लहर चलेको र आफ्नो पार्टीमा प्रवेश गर्ने ‘महाभियान’ चलेको दावी समेत गरेका छन् ।