काठमाडौं ११ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटालाई दुई वटा सन्देश दिएको छ ।
बुधबार र बिहिबार बसेको एमालेको केन्द्रिय कमिटिको बैठकले सभामुखलाई एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिएर बाहिरिनु पर्ने भन्दै दुई वटा सन्देश दिइएको हो ।
एमाले बैठकले पारित गरेको दस्तावेजमा भनिएको छ, ‘हाम्रो पार्टी प्रस्ट छ– प्रतिनिधिसभा पुनस्र्थापना गर्ने २८ असार २०७८ को परमादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चहान्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं,’तर यसका लागि या त १४ सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ ।’
एमालेलाई विभाजन गरी छाडने दुराशयका साथ, विगतमा आफंैले स्थापित गरेको नजिरको समेत बर्खिलाफ गएर, दोहोरो मापदण्ड अपनाउँदै सभामुखबाट उक्त सूचना प्रकाशन गर्न अस्विकार गरेको एमालेको दुई बसेको बैठकले निष्कर्ष निकालेको छ ।
यसैको जगमा टेकेर निर्वाचन आयोगले एमालेबाट अलग भएर निस्किएको समूहलाई नयाँ दलका रुपमा दर्ता गरेको प्रति अशन्तुष्ट रहेको एमालेको दस्तावेनमा भनिएको छ , ‘सभामुखको यस्तै विभेदकारी, असंवैधानिक र असंसदीय भूमिकाको विरोधमा एमाले संसदीय दलको निर्णयअनुसार गत २३ भदौदेखि हाम्रा पार्टीका सांसदहरूले बेल घेराउ गरेर विरोध गरिरहनु’ ।