काठमाडौं-आज पनि हावाहुरी र चट्याङ्गसहित हल्का वर्षाको सम्भाबना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज पनि बेलुकीपख जोको जस्तै हावाहुरी र चट्याङ्गसहित वर्षाको सम्भाबना रहेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न समेत सुझाब दिएका छन् । आज प्रदेश(१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भवना रहेको छ ।
प्रि-मनसुनमा स्थानीय वायुको प्रभावकै कारण छोटो समयमा नै मौसम बद्ली भइ हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र असिना पानी पर्ने हुन्छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ ।