काठमाडौं १० चैत । आगामी स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले दुई करोड मतपत्र छापिने जानकारी गराएको छ ।
आज बिहिबार आयोगले पत्रकार सम्मेलन गर्दै सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी गराएका हुन् । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने भएको छ । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको अर्यालले जनाएका छन् ।
दुई करोड मतपत्र छाप्नका लागि ११ करोड रुपियाँको कागज किनिसकेको र मतपत्र जन शिक्षा सामग्री केन्द्रले छाप्ने पनि उनले जानकारी गराएका छन् ।