काठमाडौं १० चैत । नेकपा एमालेले सथानीय तह निर्वाचनको लागि उम्मेदवार चयन गर्नको लागि ६ वटा मापदण्ड तय गरेको छ ।
स्थानीयत तह निर्वाचन यही वैशाख ३० गते हुने भएको छ । आज बिहिबार बसेको पार्टीको केन्द्रिउ कमिटिको बैठकले उम्मेदवार छान्न ६ मापदण्ड तय गरेको हो ।
जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता , निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन र लोकप्रियता र विजयको सुनिश्चितता र रहेका छन् ।
त्यसैगरी, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा पुर्याएको व्यक्ति , कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशितालाई उम्मेदवारको छान्ने मापदण्ड बनाइएको छ ।
साथै, बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पनि तय गरेको छ । वडाअध्यक्षको हकमा वडा कमिटी, गाउँ वा नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने भएको छ ।
यी हुन् मापदण्ड
१. पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
२. निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन
३. लोकप्रियता र विजयको सुनिश्चितता
४. आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा
५. कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण
६. सन्तुलन र समावेशिता