काठमाडौं १० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचन आफ्नै खुट्टामा उभिन कार्यकर्तालाई अपिल गरेका छन् ।
निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिहिबार आफ्ने निर्वाचन क्षेत्र पुगेका प्रचण्डले देशभरका पार्टीका नेता कार्यकर्ता निर्वाचन गठवन्धन कुरेर बसेको भन्दै यस्तो अपलि गरेका हुन् ।
गठवन्धनको भर परेर नहुने भन्दे उनले निर्वाचनमा तालमेल गरेर जाने विषयमा अझै निष्कर्षमा पुग्न नसेकेको बताएका छन् ।
‘आफ्नै तागतले चुनावमा जानुपर्छ, गठवन्धन होला भनेर काम नगर्ने, अरुले भोट दिएर जितौला भन्ने सोच राख्नु गलत हुन्छ’ उनले भने ।
निर्वाचन पछि माओवादीले विषेश महाधिवेशन गरेर समाजवादी राजमार्ग फराकिलो पार्ने बताएका उनले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे भने, ‘आउने निर्वाचनमा माओवादी केन्द्रको लागि आउने जाने निर्वाचनमात्रै हैन यो एउटा ब्याटल हो ।’
यो पनि …
निर्वाचन आयोगले यसो गरिदिएको भए आज ओली पार्टीविहीन हुने थिए : प्रचण्ड
काठमाडौं १० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ काम गरेको भए नेकपा एमालेका अध्यक्ष पार्टी विहिन हुने बताएका छन् ।
चितवनको माडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पोलिटिकल्ली र संगठनात्मक रुपमा आफुहरुले जितेको बताएका छन् ।
कानुनका नौसिङ भनेजस्तै अदालतबाट र निर्वाचन न आयोगबाट सनाखत नगदिरिएको हुनाले बडो षड्यन्त्रमूलक र अपादर्शी तरिकाले हामीलाई दुई ठाउँमा बनाइएको मात्र हो बताएका उनले भने ,’निर्वाचन आयोगले तदारुकताका साथ तुरुन्त सनाखत गरिदिएको भए आज एमाले भन्ने पार्टी रहने थिएन, सूर्य चिह्न रहने थिएन, केपी ओली पार्टीविहीन हुने थिए ।’
तत्कालिन नेकपामा ७० प्रतिशत आफुहरुको साथमा रहेको दावी गरेका त्यति बेला उनले आयोगले तदारुकताका सनाखत गरिदिएको भए ओली पार्टी विहिन हुने बताएका हुन् ।