काठमाडौं १० चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट किन्ने विद्युत्को मूल्य बढी हुँदा दुई दिन नेपाली उद्योगमा समस्या आएको भन्दै आज रातिबाट समाधान हुने बताएका छन् ।
आज रातिदेखि नेपालले २० भारुमा खरिद गर्न विड गरेकाले आजदेखि नै समस्या हट्ने बताएका घिसिङले लामो समयसम्म २० भारु अर्थात् ३८ रूपैयाँमा खरिद गरेर सस्तो मूल्यमा उद्योगलाई बिजुली दिन नसक्ने भन्दै डेढ-दुई महिनापछि आफ्नै उत्पादनले पुग्ने बताएका छन् ।
‘आयातित विद्युत्को मूल्य बढे पनि उद्योगीको सहमतिबिना उनीहरूलाई पनि मूल्य बढ्दैन’ उनले भने ।
महँगोमै विद्युत् किने पनि उद्योगलाई बढी मूल्य नलगाउने बताएका उनले ‘मुलुकमा अब कसैलाई पनि लोडसेडिङ नहुने बताएका छन् । यो अचानक आएको संकट हो । त्यसको पनि समाधान प्रयास गरिरहेका छौँ’ उनले भने ।