काठमाडौं १० चैत । नेपाल विद्युत प्राधिकरणले भोली शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ ।
भारतले मंगलबारबाट विद्युत आपुर्ती रोकिदिएपछि नेपालका देशभरका औद्योगिक क्षेत्रमा मंगलबार साँझदेखि नै विद्युत आपूर्ति प्रभावित भएको थियो ।
जसको कारण आज बिहिबार प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले पत्रकार सम्मेलन गर्दै आजैबाट भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद गर्न प्रतिष्पर्धामा भागं लिएको जानकारी गराएका छन् । यस अघि नेपालले भारतसँग प्रतियुनिट भारु ७ मा खरिद गरेको थियो ।
मंगलबार र बुधबारको भएको दुई वटा प्रतिष्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि मंगलबार साँझ बाट नै नेपालतर्फको विद्युत आपूर्ति आपूर्ति रोकिएको थियो ।