काठमाडौ १० चैत । नाबालिकमाथि बलात्कार गरेको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा नौ जना कानुन व्यवसायीले वकालत गर्ने भएका छन् । आज बिहिबार पनि थुनछेक बहस स किने सम्भावना कम रहेको छ ।
१४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै शाह विरुद्ध मुद्धा दायर भएको छ । सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेको पाइएको छ ।
साथै, कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने प्राउ प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएकाले शाह धरौटमिा रिहा हुने सम्भावना न्युन रहेको छ ।
बुधबार शाहको पक्षका तिन जना कानुन व्यवसायीले बहस गर्दैै प्रतिवादीको तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेकोले गर्दा साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने माग गरेका थिए ।
तथापी, आज पनि प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरुको बहु जारी रहेको छ । शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना ज्यादै न्युन रहेको छ ।