काठमाडौं १० चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले आफुलाई चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव आएको बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले धनगढीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बातएकी हुन् ।
तथापी, उनलै आफु वपहिला नि कैलालीबाट लडेको भन्दै पुन कैलालीबाटै उम्मेदवारी दिने समेत स्पष्ट पारेकी छन् । आफुलाई ‘सर्लाहीका साथीहरूले पनि आउनु भन्नु भएको बताएकी उनले भनिन्, ‘कोहलपुरमा पनि उठ्न आग्रह गरिरहनु भएको छ’ उनले भनिन्, ‘बर्दियाबाट पनि उठ्ने हल्ला छ । पार्टीले टिकट दियो भने कैलालीबाट निर्वाचन लड्छु । ‘
साथै आरजुले कांग्रेस एक्लै चुनावमा जाने परिस्थिति त्यति सजिलो नभएको स्पष्ट पारेकी छन् । ‘अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको छ ।’ उनले भनिन् ।
गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको दावी गरेकी उनले गठवन्धन गरेरै चुनावमा जाने सम्झौता भएको खुलासा समेत गरेकी छन् ।
उनले भनिन्, ‘तोकिएकै समयमा निर्वाचन हुन्छ । निर्वाचन नहुने भन्ने हल्ला हो । निर्वाचन हुन्छ । यो संवैधानिक बाध्यता हो ।’