धरान ए भेट्रान क्लब झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको फाइनलमा प्रवेश गरेको छ । दमक–लखनपुर भेट्रान क्लब दमकलाई २–१ गोलअन्तरले हराउँदै धरान क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ ३० मिनेटमा धरानका तर्फबाट मिलन श्रेष्ठले पहिलो गोल गरेका थिए ।
त्यसैगरी दोस्रो हाफको २१ मिनेटमा धरानकै जर्सी नं. २१ का भेसराज लिम्बुले दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । दमक लखनपुर भेट्रान क्लबको तर्फबाट दोस्रो हाफको ४२ मिनेटमा जर्सी नं. ९ का विकास राईले गोल गर्न सफल भए । अत्यन्त प्रतिश्पर्धात्मक देखिएको खेलमा दमक–लखनपुर क्लब खेलबाट बाहिरिनु प¥र्यो । खेलको म्यान अफ दी म्याच धरानका जर्सी नं. २ का खेलाडी सुमन केसी घोषित भए ।
उनले नगद रु १५ सय प्राप्त गरे । भोलिको अन्तिम सेमी फाइनल खेल जदाह भेट्रान क्लब मोरङ्ग र भरौल भेट्रान क्लब कालाबन्जारा सुनसरी बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण् पत्र पाउने छन् । उपविजेताले ४५ हजार सहित मेडल, ट्रफी, र प्रमाण पत्र प्राप्त गर्ने छन् ।