काठमाडौं ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी भएको बताएका छन् ।
पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि पौष ५ गते संसद विघटन गर्नु आवश्यक भएको बताएका हुन् ।
पार्टीको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने , ‘ पुस ५ गते पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि त्यो गर्नु जरुरी थियो।’
अब वामपन्थी एकता होइन पार्टी प्रवेश गर्नुपर्र्यो भनेका ओलीले प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्यो भनेका छन् । ‘सबै मान्छे यता आएपछि प्रचण्डले भाँडो रित्तो भएपछि पार्टी एकता गर्लान् नि त ।’ ओलीले भने ।
आफुले प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन संसद विघटन गर्नु आवश्यक भएको बताएका छन् ।