राउटे युवतीलाई फकाएर दुर्व्यवहार गरेपछि बस्ती नै गरियो सिल — OSNepal

राउटे युवतीलाई फकाएर दुर्व्यवहार गरेपछि बस्ती नै गरियो सिल

LC (KTM) June 08, 2021 0

जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा बाहिरि मानिसको प्रवेशमा रोक लगाएको छ । बस्तीमा कसैलाई आउन नदिन २२ जना प्रहरीको टोली खटाइनुका साथै पूरै बस्ती सिल समेत गरिएको छ । हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

केही दिन अघि राउटे युवतीमाथि तीन जना युवाले यौन दुर्व्यवहारको भिडियो सार्वजनिक भएसँगै बस्ती सिल गरिएको हो । राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पछिल्लो समय युट्युबर र टिकटकर भिडियो बनाउनकै लागि राउटे बस्तीमा पुग्ने गरेका थिए ।

नेपाल समचारपत्रमा खबर छ। तर, राउटे युवतीमाथि नै यौन र्दुव्यवहार भएपछि प्रहरीले समेत यसप्रति गम्भीर चासो देखाएको छ । त्यस्तै, सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर