काठमाडौं ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी भएको बताएका छन् ।
दुई दिन चल्ने पार्टीको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, ‘गत निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौँ । निर्वाचन नेकपा एमालेको विजयको आधार सुदृढ छन्,जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी छ ।’
‘आगामी निर्वाचन जनादेश र परमादेशबिचको जनतम संग्रहको रुपमा हुँदैछ , राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्रय शक्तिहरुका लागि ‘कम्फर्टेवल’हरुका बिचमा हुँदैछ ‘ प्रतिवेदनमा भनिएको छ ।