काठमाडौं ९ चैत । नेपाल आयाल निगमले भारतीय आयल कर्पोरेसन ९आईओसी० लाई इन्धन खरिद बापतको दोस्रो किस्ता भुक्तानी गरेको छ ।
निगमले मार्च महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ बुधबार आईओसीलाई भुक्तानी गरेको हो ।
त्यसैगरी, निगमले पहिलो किस्ता वापत गत मार्च ८ मा इन्धन खरिद बापत १४ अर्ब ३० करोड रुपैयाँ आईओसी लाई भुक्तानी गरेको थियो ।
निगमले बताए अनुसार एस पटक भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको बताएको छ ।