स्वास्थ्यमा सममस्या आएपछि भारतीय चर्चित अभिनेता दिलीप कुमार अस्पताल भर्ना — OSNepal

स्वास्थ्यमा सममस्या आएपछि भारतीय चर्चित अभिनेता दिलीप कुमार अस्पताल भर्ना

LC (KTM) June 08, 2021 0

मुम्बई । पुराना भारतीय चर्चित अभिनेता दिलीप कुमार स्वास्थ्यमा सममस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनको अवस्था स्थिर रहेको र अक्सिजन सपोर्टमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिलीप कुमारको ट्वीटरमार्फत दिइएको जानकारी अनुसार उनलाई भेन्टिलेटरमा नभइ अक्सिजन सपोर्टमा राखिएको छ ।

दिलीप कुमारको केही स्वास्थ्य परीक्षण बाँकी रहेकाले छाती रोग विशेषज्ञ डा जलील पार्करको टोली उपचारमा संलग्न रहेको छ । बलिउडका दिग्गज कलाकार दिलिपकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएकाले शनिबार मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । उनकी श्रीमती सायरा बानोले श्वासप्रश्वासमा समस्या देखिएपछि दिलिपलाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन् ।सौर्य दैनिकमा खबर छ । ८९ वर्षीय उनले कोरोनाका कारण दुई भाइ असलम खान र एहसान खान गुमाएका छन् । दिलिपकुमार श्रीमती सायरासँगै क्वारेन्टिनमा थिए ।

११ डिसेम्बर १९२२ मा दिलिपकुमारको जन्म पाकिस्तानमा भएको थियो । उनको वास्तविक नाम युसुफ खान हो । बलिउड यात्राका बेला उनले आफ्नो नाम दिलीपकुमार राखेका थिए । उनले बलिउडमा चलचित्र ‘ज्वारभाटा’ बाट प्रवेश गरेका थिए । उनले मुगल ए आजम, नयाँ दौर, कोहिनुर, राम और श्याम लगायतका दर्जनौं चर्चित चलचित्रमा काम गरेका थिए । उनले काम गरेको अन्तिम चलचित्र ‘किल’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर