प्रकाश सपुतको पिरले प्रचण्डलाई असर गरेकै हो ? — OSNepal

प्रकाश सपुतको पिरले प्रचण्डलाई असर गरेकै हो ?

LC (KTM) March 23, 2022 0

काठमाडौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् ।

सर्जक प्रकाश सपुतले पिर बोलको गीत ल्याएसँगै आफ्नो कमजोरी स्विकारेका अध्यक्ष प्रचण्डले काभ्रे महाभारत गाउँपालिका(६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाको उपचार भइरहेको छ ।

कमरेडले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने बताए । सात वर्षका बालकको पढाई र रानाकी श्रीमतीको रोजगारीको लागि पहल गर्ने प्रचण्डले बताए ।

प्रचण्डले उक्त परिवरलाई भेटेर आए लगत्तै यस विषयमा कुराकानी गर्दै घाइतेका परिवारलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर