काठमाडौँ २५ जेठ । सुदुपश्चिम प्रदेशका नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका सचिव राजेन्द्र रावलले आफुमाथि माओवादी केन्द्रको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले हातपात गरेको आरोप लगाएका छन् । हिजो सोमबार साँझ सचिव रावललाई आफुलाई हातपात भएको बताएका छन् ।
आज प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने कार्यक्रम भएको हुँदा सरकार पक्षमा रावल आफ्ना प्रदेशसभा सदस्यहरुलाई सरकारको विपक्षमा मत हाल्ने विषयको पत्र लिएर गएको बेला मन्त्रीको कार्यकक्षमा नै आफुलाई हातपात भएको बताउँदै आएका छन् । तथापी मन्त्री सोडारीको सचिवालयले भने राववले नै मन्त्री माथि हातपात गरेको भन्दै दावी गरेको छ ।
मन्त्री सोडारीको सचिवालयका अनुुसार मन्त्री सोडारी बजेटको विषयमा छलफल गरिरहेको समय रावलले कार्यकक्षमा नै प्रवेश गरी मन्त्री माथि अभद्र व्यवहार गरेको हुन् ।