मोरङको लेटाङमा लगाइएको कर्फ्यूको अवधि घटाइयो — OSNepal

मोरङको लेटाङमा लगाइएको कर्फ्यूको अवधि घटाइयो

LC (KTM) March 22, 2022 0

मोरङ ८ चैत । मोरङको लेटाङमा लगाइएको कर्फ्यूको अवधि घटाइएको छ । स्थानीय र प्रहरीबिच भएको विवादमा एक महिला प्रहरीको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो ।

मोरङले सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।अर्को आदेश नभएसम्म भोली बुधबारबाट भने कर्फ्यूको अवधि घटाएर बिहान १० बजेदेखि दिनको ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यू आदेश जारी राख्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

कर्फ्यू नलागेको समयमा भने स्थानीयले निर्वाध आवागमन गर्न पाउने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले उक्त विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेका थिए ।

उक्त आक्रमण निणयन्त्रण गर्नको लागि परिचालन सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा महिला प्रहरी श्रेष्ठको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर