हाम्राविरुद्ध षड्यन्त्र गर्ने चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड — OSNepal

हाम्राविरुद्ध षड्यन्त्र गर्ने चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड

LC (KTM) March 22, 2022 0

काठमाडौं ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको विरुद्ध षडयन्त्र गर्नेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आगामी निर्वाचनमा माओवादी नजिते देशरले नै हार्ने बताएका उनले गठवन्धनको रक्षा गर्न आफुहरुले ठुलो त्याग गर्नुपरेको दावी गरेका छन् ।

‘हामीहरु गठवन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो’ उनले कार्यक्रममा भने ।

माओवादीले हारे देशले नै हार्ने बताएका उनले भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर