काठमाडौं ८ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमाले र माओवादी मिल्छ कि भन्ने चिन्ता लाग्ने गरेको बताएका छन् ।
मंगलबार विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रममा उनले भने,’२०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ।’
सबैको मत गठबन्धन गरेर जानु नहुने बताएका उनले यस अघि पनि कांग्रेसले सबैलाई सिट छोडेको तर कांग्रेसलाई कसैले नछाडेको बताएका छन् ।
‘यसअघि पनि माओवादी, जसपा लगायतका दलसँग गठबन्धन गरियो। हामीले सबैलाई सिट छोड्यौं, कांग्रेसलाई कसैले छाडेन ।’ उनले भने ।
गठवन्धन अर्को दललाई जिताउन कि आफुलाई भन्ने विषयमा नेतृत्वले ध्यान दिनु आवश्यक रहेको उनले बताएका छन् ।