मोरङ ८ चैत । मोरङ जिल्लाको लेटाङमा सोमबार बिहानबाट लागु भएको कफ्र्यु आज मंगलबार पनि लागु गरिएको छ ।र
स्थानीय र प्रहरीबिच भएको विवादमा एक महिला प्रहरीको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो। मोरङले सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।
लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।
लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले उक्त विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेका थिए ।
उक्त आक्रमण निणयन्त्रण गर्नको लागि परिचालन सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा महिला प्रहरी श्रेष्ठको ज्यान गएको हो ।