उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै — OSNepal

उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

LC (KTM) March 22, 2022 0

काठमाडौं ८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज हुने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगले कायम गरेको आचारसंहिताविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज मंगलबार सुनुवाई हुने भएको हो ।

सोमबार नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको स्पष्टिकरण दिएको थियो । आयोगको सपष्टिकरणसँगै अध्यक्ष निमाले सर्वोच्चमा आयोगको निर्णय विरुद्ध रिट दागर गरेका थिए ।

ऊक्त रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको हो ।

यो पनि …
निर्वाचन आयोगको स्पष्टीकरण – उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिको राजीनामा

काठमाडौं ७ चैत । निर्वाचन आयोगले उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको स्पष्टिकरण दिएको छ ।

हाल पदाधिकार बहाल नरहेको व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा बहाल रहेका पदाधिकारले राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना रहेको भन्दै आयोगले स्वस्थ प्रतिपर्धा नहुने देखेर स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताएको हो ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम शर्मा पौडेलले दिएको जानकारी अनुसार यसले उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउँछ ।

‘जो हाल पदाधिकार हुनुहुन्छ, उहाँहरु र बहाल नरहेको व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा बहाल रहेका पदाधिकारले राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना रह्यो । त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर