राप्रपा नेपालको चुनाव चिन्ह-'तीर' — OSNepal

राप्रपा नेपालको चुनाव चिन्ह-‘तीर’

LC (KTM) March 22, 2022 0

काठमाडौं ८ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले “राष्ट्रवाद”लाई परिवर्तन विरोधी मान्यता ठान्ने कथित विद्वानरनागरिक अगुवाहरु “बौद्धिक अराजकतावादी” भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्रता,एकता,अखण्डता,स्वाभिमान र राष्ट्रियता प्रतिको भक्ति-भावना नै राष्ट्रवाद भएको बताएका उनले यो नै राष्ट्रको उन्नतिको सिद्धान्त भएको दावी समेत गरेका छन् ।

अध्यक्ष थापाले सकारात्मक परिर्वतनको लागि, सनातन हिन्दुराष्ट्रको धरातलमा आर्थिक समृद्धिको लागि र समावेशी लोकतन्त्र र राष्ट्रियताको निमित्त राप्रपा नेपाल भएको बताएका छन् । राप्रपा नेपालको चुनाव चिन्ह तीर भएको पनि नेता थापाले बताएका छन् ।

उनले भनेका छन्, ‘सकारात्मक परिवर्तनको लागि- राप्रपा नेपाल,सनातन हिन्दुराष्ट्रको धरातलमा आर्थिक समृद्धिको लागि -राप्रपा नेपाल,समावेशी लोकतन्त्र र राष्ट्रियताको निमित्त-राप्रपा नेपाल ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर