पत्याउनै नसकिने भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या,पछिल्लो २४ घण्टामा दुई महिना यताकै कम संक्रमित — OSNepal

पत्याउनै नसकिने भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या,पछिल्लो २४ घण्टामा दुई महिना यताकै कम संक्रमित

LC (KTM) June 08, 2021 0

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई महिना यताकै कम संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार ३४५ जनामा सं क्रमण भएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्र मित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार ३४५ जनामा संक्रमण भएको हो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ पुगेको छ ।

आज भारतमा मृतकको संख्यामा पनि कमी आएको छ । आज २ हजार ११५ जनाको कोरोनाका कारण मृ त्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्या न गुमा उनेको संख्या ३ लाख ५१ हजार ३४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर