सिन्धुलीमा पानीसँगै आएको भिषण हावाहुरीले चार घरको छानो उडायो — OSNepal

सिन्धुलीमा पानीसँगै आएको भिषण हावाहुरीले चार घरको छानो उडायो

LC (KTM) June 08, 2021 0

सिन्धुली– सिन्धुलीमा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार लाखौँको क्षति भएको छ ।

छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दुईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो । यस्तै चक्रमान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७ निवासी बासकटेरी निवासी अन्दाजी १५ वर्षीय शान्तिमाया थिङको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । करेन्ट लागेर गीता पाण्डे सामान्य घाइते हुनुभएको थियो । जिल्लामा केही दिनयता दैनिकरूपमा वर्षा भइरहेको छ । वर्षाले क्षति पु¥याएका विवरण प्राप्त हुन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर