अभिनेता दीलिप कुमारको झुटो निधनको खबरले पत्नि सायराले पोखिन आक्रोस — OSNepal

अभिनेता दीलिप कुमारको झुटो निधनको खबरले पत्नि सायराले पोखिन आक्रोस

LC (KTM) June 08, 2021 0

काठमाडौ । कहिले काही बलिउड क्षेत्रका ब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा अफबबाह फैलिने गरेको छ । पछिल्लो पटक भारतीय अभिनेता दिलिप कुमारको पनि यस्तै अफबाह फैलिएको छ । उनको निधनको खबर चारैतिर फैलिएको हो ।

चर्चित ९८ वर्षीय दिलिप कुमारको निधनको हल्ला ब्यापक रुपमा फैलिए पछि परिवारले खुद सामाजिक सञ्जालमा यस अफबाहको बिषयमा जानकारी दिनुपरेको छ । वाट्सएपमा उनको मृत्युबारे मिथ्या सामाग्री छाएको थियो।

लगत्तै दिलिप कुमारको ट्वीटरमार्फत् उनकी श्रीमतीले उक्त खबर झुटो भएको बताइन्। साथै हाल उनको अवस्था सामान्य रहेको जानकारी दिइन्। स्वास प्रस्वासमा समस्या भएपछि उपचाररत् भारतीय अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ।

मुम्बईको एक अस्पतालमा उपचार भईरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको श्रीमती सायरा बानुले जानकारी दिएकी हुन्। उनको फोक्सोमा पानी जमेको र सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको अब दुई तीन दिन पछि अस्पतालबाट डिस्चार्ज हुने सायराले जानकारी दिईन् । अक्सिजनको सहायताले उनको सामान्य वार्डमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर