क्यान्सरपीडित शिक्षक दिल थापालाई दुई लाख रकम हस्तान्तरण — OSNepal

क्यान्सरपीडित शिक्षक दिल थापालाई दुई लाख रकम हस्तान्तरण

LC (KTM) March 20, 2022 0

बैतडी- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बडिगाडले वनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगबाट पीडित भई भरतपुर चितवनमा उपचाररत थापालाई विभिन्न सहयोगीबाट सङ्कलन गरेको रु दुई लाख रकम हस्तान्तरण गरेको हो ।

हाल केही समयका लागि बडिगाड गाउँपालिका–६ घ्वाङस्थित घरमै रहनुभएका थापालाई सङ्गठनले सहयोग रकम हस्तान्तरण गरेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागलुङका सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । पीडित शिक्षक थापाले आफ्नो उपचारका लागि रु ५० लाख बढी खर्च हुने जानकारी दिनुभयो । पीडित शिक्षक थापाको विगत आठ महिनादेखि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर