भारतमा २३ करोडभन्दा बढी व्यक्तिले लगाए कोरोनाको खोप,अझै खोप आपूर्ति बढाइने — OSNepal

भारतमा २३ करोडभन्दा बढी व्यक्तिले लगाए कोरोनाको खोप,अझै खोप आपूर्ति बढाइने

LC (KTM) June 07, 2021 0

नयाँ दिल्ली, २३ जेठ- भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताउनुभएको छ । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उहाँले बताउनुभयो ।सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ । त्यसैगरी देशका सातवटा कम्पनीले बिभिन्न खोपहरू उत्पादन गर्दैछन र तीनवटा खोप परीक्षणको अन्तिम चरणमा छन्,” उहाँले भन्नुभयो ।

भारत महामारीको दोस्रो लहरमा जुधिरहेको कुरा औंल्याउँदै भाइरसको कारण आफ्ना प्रियजनहरूलाई गुमाएका परिवारहरूप्रति उहाँले सहानुभूति प्रकट गर्नुभयो ।” खोप उत्पादन गर्ने देशहरु माग गर्ने मुलुकको तुलनामा कम रहेको बताउँदै उहाँले थप्नुभयो, “आज, यदि हामीसँग भारत निर्मित खोप नभएको भए भारत जस्तो ठूलो देशमा के हुने थियो होला? सरकार समयमै संवेदनशिल बन्दा यो समस्याबाट भारतीयले छुटकारा पाएका छन् ।”

“पछिल्ला १०० बर्षमा अहिलेको महामारीेले सबैभन्दा विनाशकारी संकट ल्याएको छ । यस्तो महामारी आजको आधुनिक संसारमा कहिल्यै देखिएको थिएन न त अनुभव नै भएको थियो । हाम्रो देशले विश्वव्यापी महामारीमा विभिन्न तहमा लडाई लडेको छ । कोभिड अस्पताल बनाउनेदेखि लिएर आईसीयू श्यया, भेन्टिलेटर बढाउनेलगायत परीक्षण प्रयोगशालाहरूको ठूलो नेटवर्क सिर्जना भएका छन् । गत एक बर्षमा कोभिड–१९ सँग लड्न देशमा नयाँ स्वास्थ्य सेवाको संरचना निर्माण गरिएको छ,” उहाँले भन्नुभयो । स्वास्थ्य सङ्कटका कारण कतिपय सेवाका अभाव देखिएपनि सरकारको सक्रियताका कारण ठैला क्षति हुनबाट जोगिएको पनि उहाँले बताउनुभयो । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर