६५ किलो गाँजा बोकेर जंगलको बाटो हुँदै भाग्दै गरेको ६ जनाको टोलीलाई सशस्त्र प्रहरीले लखेट्यो — OSNepal

६५ किलो गाँजा बोकेर जंगलको बाटो हुँदै भाग्दै गरेको ६ जनाको टोलीलाई सशस्त्र प्रहरीले लखेट्यो

LC (KTM) March 18, 2022 0

पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हँुदै ओरियाखोलातर्फ आउँदै गरेको पाँच–६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले जनाएको छ । तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ ।

यो पनि : होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही : महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।

आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौँमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर