मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना, कोरोना संक्रमण अझै देखियो पोजेटिभ ! — OSNepal

मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना, कोरोना संक्रमण अझै देखियो पोजेटिभ !

LC (KTM) June 07, 2021 0

काठमाडौं, जेठ २४- कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना भएका छन् । आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको बताइएको छ ।शुक्रबार राति देखि छाती दुखेका उनको ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारत उनको अबस्था सामान्य रहेको बताइएको छ । मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने बताइएको छ ।

वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। त्यसपछि निको भएर उनी घर फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर