एक्सन किंग टाइगरको हिरोपन्ती २ को सुटिंग अब रसीयामा हुने — OSNepal

एक्सन किंग टाइगरको हिरोपन्ती २ को सुटिंग अब रसीयामा हुने

LC (KTM) June 07, 2021 0

भारतमा कोरोनाको महामारीले उग्ररुप लिइरहेका बेला फिल्म छायांकनका कामहरु समेत रोकीएका छन् । कतिपय फिल्मको आधा छायाँकन भएर रोकीएका छन् भने कतिपयको सुरुवात नगरि रोकीएका छन् ।

यसैक्रममा अभिनेता टाइगर श्राफ अभिनीत हिरोपन्तीको दोस्रो सिक्वल पनि महामारीको चपेटामा परेको छ । चलचित्र हिरोपन्ती–२ को सानो रुपमा मार्चमा मुम्बईमा सुरु गरिएको थियो । तर, कोरोना भाइरस महामारीको दोस्रो लहरले स्थगित बन्यो ।

यस चलचित्रको रोकिएको छायाँकन कार्य फेरि सुरु हुने भएको छ । यस फिल्मको टिम छायांकनको दोस्रो चरण रसियाबाट सुरु गर्न तयार भएका छन् । बलिउड हंगामाका अनुसार टाइगर, तारा सुतारिया र नवाजुद्दिन सिद्दिकीको अभिनय रहने टोलीसहित निर्माण टिम अर्को महिना रुसको मस्कोमा छायांकन सुरु गर्दैछ ।

खबरका अनुसार त्यहाँ उनीहरुले चलचित्रको लार्जर देन लाइफ सिनको पनि छायांकन गर्नेछन् । एक्सन प्याक चलचित्रको दोस्रो सिक्वेलमा अझ धेरै एक्सन प्याक र दर्शकका लागि थ्रिल दिने कोशिस गरिएको छ । हिरोपन्ती–२ अहमद खानले निर्देशन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर