काठमाडौं २ चैत । राजदूतमा सिफारिस गरिएका तीन महिना पछि भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको नाम भारतले सहमति (एग्रिमो) पठाएको छ ।
पठाएको परराष्ट्र मन्त्रालय दिएको जानकारी अनुसार डा शर्मा को ‘एग्रिमो’ सिफारिस मंगलबार भारतले पठाएको हो ।
सरकारले डा शर्माको नाम गत कात्तिक ११ गते सिफारिस गरेको थियो । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत समेत हुन् ।