काठमाडौं २ चैत । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
तत्कालिन एमालेले सरकारको नेतृत्व गरिरहँदा केपी ओलीसँग भएको तीन बुँदे सहमतिका सम्बन्धमा छलफल गर्न प्रकाण्ड बालुवाटार पुगेका हुन् । प्रकाण्डले सामाजिक सञ्जाल मार्फत आफुले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेको तस्विर सार्वजनिक गरेका छन् ।
उक्त्त तस्विरमा भनिएको छ, ‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ लेखेका छन् । तत्कालिन एमालेको सरकार हुँदा शान्ति वार्तामा आएको नेपाल कम्युनिस्ट पार्टीले अोलीसँग तिन बुँदे सहमति गरेको छ । जुन सहमतिमा भनिएको थियो ,
१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ।
२.नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ।