नागिन ३ का कलाकार पुरीले नाबालिग केटीलाई रेप गरेको बलियो प्रमाण रहेको प्रहरीको दाबी , अब अदालतले बाँकि फैसला गर्ने प्रतिक्रिया — OSNepal

नागिन ३ का कलाकार पुरीले नाबालिग केटीलाई रेप गरेको बलियो प्रमाण रहेको प्रहरीको दाबी , अब अदालतले बाँकि फैसला गर्ने प्रतिक्रिया

LC (KTM) June 07, 2021 0

टेलिभिजन एक्टर पर्ल बी पुरी लाई हाल रेप गरेको भन्दै मुम्बइ पुलिसले पोस्को एक्ट अन्र्तगत गिरफ्तार गरेको छ । उनी १४ दिन सम्म न्यायिक हिरासतमा रहेका छन् । उनी संग अहिले पुलिसले सोधपुछ जारी राखेको छ ।

उनी बिरुद्ध एक नाबालिग केटीलाई रेप गरेको आरोप लागेको छ । यस बिषयमा उनका फ्यानहरु काफि निराश भएका छन् । पुरीका टेलिभिजन दुनियाका साथीहरुले पनि उनको खुलेर सर्पाेट गरेका छन् ।

प्रोड्युसर एकता कपुरले समेत एउटा लामो पोष्ट गर्दै उनको बचाव गरेकी छिन् । एकता कपुरले पुरी संगको फोटो शेयर गर्दै पीडित केटीको आमाले समेत उनलाई बीचमा तानिएको र पुरी बिरुद्ध लगाइएको आरोप नक्कली हो ।

यस बिषयमा डिएसपी संजय पाटिलले प्रतिक्रिया दिएका छन् । उनले प्रहरी संग पर्ल बी पुरी बिरुद्ध सबुत मिलेको र यो आरोप झुठो नरहेको दाबी गरेका छन् । यो आरोप झुटो नरहेको र जाँचका क्रममा उनको नाम आएको बताएका छन् । डिएसपी पाटिलले पुरीका बिरुद्ध बलियो सबुत रहेकोले पक्राउ गरिएको जनाएका छन् । यसको फैसला अब अदालतले गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर