काठमाडौं १ चैत । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुलेको छ ।
यही चैत ६ गते देखि ११ गते सम्म दर्खास्त फारम खुल्ने नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आज मंगलबार एक सुचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।
म्यादी प्रहरीको लागि दर्खास्त फारम देशभरका जिल्ला प्रहरी कार्यालयमा पाइने सुचनामा भनिएको छ ।
४० दिनको अवधि रहने म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउने भएका छन् ।