काठमाडौं १ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज मंगलबार हुने भएको छ ।
गत भदौ १ गते को प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गरेका थिए ।घिसिङविरुद्ध परेको रिटको सुनुवाइका लागि न्यायाधीश मीरा खड्का र डा. कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
आफ्नो पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गरेको उनलाई चार बर्से कार्यकालको पदमाबाट नियुक्त भएको ६ महिनामै हटाइएको थियो ।