काठमाडौं १ चैत । नेपालको औपचारिक भ्रमणमा आएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा। नारायण खड्काबीच भेटवार्ता सुरु सुरु भएको छ ।
सोमबार साँझ विशेष विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानसथ्ल अवतरण गरेका अल साउद र र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा छलफल भएको हो।
छलफलमा दूई मन्त्री नेपाल साउदी अरबिया सम्बन्ध, साउदीमा कार्यरत नेपाली कामदारको समस्या विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै दुई नेपालीलाई साउदीले सुनाएको मृत्युदण्डको सम्बन्धमा आममाफि दिने विषयमा समेत छलफल भइरहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले विदेशमन्त्री अल साउद भ्रमणमा सहभागी सदस्यहरु र भ्रमणमा प्रयोग हुने विशेष विमानका चालक दलका सदस्यलाई ‘ग्राटिस भिसा’ (निशुल्क) उपलब्ध गराएको हो ।